तनहुँको दमौली अस्पतालमा हत्यामा ज्यान गुमाएका एक व्यक्तिको पहिचान हुन सकेको छैन । १५ दिनदेखि शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । गत कार्तिक १७ गते घट्नामा ज्यान गुमाएका व्यक्तिको कोही पनि आफन्तजन सम्पर्कमा नआएपछि शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । शवको पहिचान लागि प्रहरीले आफ्नो क्षेत्रबाट पहलकदमी थाालेपनि पहिचान गर्न नसकिएको उहाँले जनाकारी दिनुभयो । व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा मजदुरी काम गरी बस्ने बर्ष ३८ को बिशाल भन्ने प्रेम बहादुर थापा मगरले धारिलो हतियार प्रहार गरी ती व्यक्तिको हत्या गरेका थिए । मृतक नुवाकोट जिल्ला घर भएका दिलीप तामाङ भएको ढुंगाखानीमा कार्यरत अन्य मजदुरहरुले बताएको थापाले जानकारी दिनुभयो । सोही अनुरुप तनहुँबाट नुवाकोट जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएपनि कुनै जानकारी नआउँदा शव पहिचानमा कठिनाई भएको उहाँले बताउनुभयो । बर्ण गहु गोरो,ठिक्कको शरिर,प्याजी रङको टिसर्ट,सेतो पाईन्ट लगाएको अवस्थामा रहेको,नुवाकोट माथि लेकमा घर भएको भन्ने हुलिया भएका मृतक व्यक्तिको एकिन नामथर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । शव सनाखत गरी सदगत कार्य लागि जिम्मा लगाउनुपर्ने भएकाले निज मृतकलाई चिन्नुहुने ब्यक्तिहरुले यस जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्क नं।०६५५६३१९९,९८५६०९०१७८ ,९८५६०९०२९८ र ९८५६०६२५५६ मा तथा नजिकको प्रहरी कार्यालयहरुमा सम्पर्क गरिदिनु अनुरोध गरिएको छ ।
