व्यास नगरपालिका वडा नं २ निवासी युवा व्यावसायी एबं समाजसेवी विनोद कुमार वि क (विकाश) ले आफ्नो दुई छोराको जन्म दिनको अवसरमा स्कुलका बिपन्न बालबालिकालाई न्यानो कपडा बितरण गर्नभएको छ ।

व्यास ११ , रामथुम्की स्थित चण्डेश्वरी आधारभुत विद्यालयका विद्यार्थीलाई ३५ थान न्यानो कपडा (सुईटर) वितरण गर्नु भएको बिधालयका प्रधानध्यापक श्री प्रसाद न्याैपाने जानकारी दिनुभयो । उहाले बिभिन्न उत्सब मनाउने नाममा फजुल खर्च गर्ने प्रचलन बढेपनी समाजसेवी बिकले चिसो मौसममा विद्यार्थीलाई न्यानो कपडा बितरण गर्नुभएकोमा आभार प्रकट गर्नुभएको थियो ।
सोहि क्रममा बोल्दै वि क ले जन्म दिनमा घुम्ने, खाने जस्ता फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्चिनु उचित रहेको बताउनुभयो । आर्थिक अवस्था कम्जोर रहेका दलित, जनजाति, चेपाङ र अन्य विद्यार्थीहरूलाई जाडो मौसममा न्यानो कपडा बितरण गर्न पाउदा खुसि लागेको बताउनुभयो । बिकले जिल्लाको सदरमुकाम नजिकै रहेको बिधालय भएरापनी बिकट जस्तो अबस्था देख्नुपरेकोमा दुख ब्यक्त गर्नुभयो । उहाँले स्थानिय सरकार र सम्बन्धित निकाएले ध्यान दिन जरुरी रहेको बताउनुभएको थियो ।

समाजसेवी बिक आफ्नो छोराको जन्मउत्सबमा प्रत्यक बर्ष सामाजिक कार्य गर्दै आउनुभएको पाईएको छ । उहाँको दुई छोराको एकै महिनामा जन्मदिन पर्ने भएकाले शुक्रबार ठुलो छोरा बिस्वास बिक र कान्छो छोरा बिनम्र बिकको नाममा विद्यार्थीलाई सहयोग गर्नुभएको हो ।
कार्यक्रममा शिक्षक अभिभावक संघ का अध्यक्ष राम बहादुर परियारले समाजसेवी बिनोद कुमार बिकले गर्नुभएको सामाजिक कार्यको प्रशंस गर्दै धन्यवाद समेत दिनुभएको थियो ।शुक्रबार बिधालय प्रङगडमा गरिएको उक्त कार्यक्रममा बिकलाई फुल मालाले सम्मान गरिएको थियो ।
