तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित आँदिमूल मन्दिरमा हरिबोधनी एकादशी मेला लाग्ने भएको छ । आगामी कार्तिक २७ गते मंगलबार ठुलो एकादशीका दिन मन्दिरमा भब्य मेला लाग्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष हिमाल थापाले जानकारी दिनुभयो । सोमबार दशमीको दिन सत्यनारायणको पूजा गरि भोलिपल्ट एकादशीको दिन मन्दिरमा फूलडोली चढाउने प्रचलन छ । मनोकाँक्ष पूरा हुने विश्वासका साथ मन्दिरमा पूजा आर्चना गर्नेको भिड लाग्ने गरेको मन्दिरका पुजारी रामकाजी मास्की मगरले बताउनुभयो ।आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ। आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन्। यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ। आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ । आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन्।