आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माण सम्झौता गर्ने कार्यक्रम मंगलबार क्याम्पसमा सम्पन्न भएको छ। विद्युतीय बोलपत्रका माध्यमबाट छनोट भएको निर्माण कम्पनी मातृभूमि डेभलपर्स एन्ड इन्जिनियर्स काठमाडौँले स्वीकृत लागत अनुमान बमोजिमको प्रशासनिक भवन निर्माण आगामी २०८१ माघ मसान्तभित्र सम्पन्न गर्ने गरी क्याम्पस र उक्त निर्माण कम्पनीबीच सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट कम्पनीका व्यवस्थापक सविन पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ , उपाध्यक्ष खर सिं दरै , निर्माण समितिका संयोजक क्याप्टेन सहवीर उचाइ र आर्थिक समितिका संयोजक गोपाल सुर्खालीको समेत उपस्थिति रहेको थियो। सो अवसरमा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी र सागर पौडेल क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आलेमगर लेखा अधिकृत विष्णुप्रसाद रिजाल र इएमआईएस अफिसर इन्जिनियर अनमोल प्रधान लगायत कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
सो भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले क्याम्पसलाई आव ०८१/०८२ मा १ करोड आर्थिक अनुदान सहायता उपलब्ध गराएको छ। उक्त भवनको निर्माणपछि क्याम्पसको प्रशासनिक कार्यका लागि सहज हुनेछ ।