महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी नगर इकाई समिति तनहुँको आयोजनामा बिहिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्ल रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मल्लले जिल्लाभित्र छरीएर रहेका महिला दिदीबहिनीहरुको योग्यता र क्षमता पहिल्याई ज्ञान र सीपको माध्यमबाट व्यवसायको केही हिस्सा राज्यको अर्थतन्त्रलाई पनि सहगोग पुर्याएको बताउनुभयो ।
कार्यक्रममा संघकी अध्यक्ष तुलसी शाहले शुक्लागण्डकीमा ‘एक घर एक उद्यमी’ अभियान सञ्चालन गर्ने,शुकलागण्डकी क्षेत्रभित्र सर्बोतम पिठोको उत्पादन र प्रयोग गर्ने,शुक्लागण्डकी भित्रका महिला उद्यमीहरुलाई सम्मान गर्ने,स्थानीय उत्पादनको प्रदर्शनीका लागि मेला आयोजना गर्ने भावी योजना रहेको बताउनुभयो । महिला उद्यमी संघ नेपाल तनहुँका सह सचिव सरु श्रेष्ठले महिला उद्यमीको क्षेत्रमा शुक्लागण्डकी नगरपालिकाका महिला दिदीबहिनीहरु संस्थामा निकै सकृय देख्दा खुसी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ महिला विकास समितीको सभापतिमा निर्वाचित मनिषा विक र नगर उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित जोशिला थापालाई उद्यमी महिलाहरुले उत्पादन गरेका सामाग्री प्रदान गरेर सम्मान गरिएका थियो ।सो कार्यक्रम संघकी अध्यक्ष तुलसी शाहको अध्यक्षतामा सम्पन्न भएको हो भने उपाध्यक्ष जोशिला थापाले स्वागत, कोषाध्यक्ष रजनी थापाले धन्यवाद दिनुभएको थियो । उक्त कार्यक्रम सञ्चालन सचिव सपना पराजुलीले गर्नु भएको थियो ।