नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन २०८१ मा सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहरा उत्कृष्ट प्रहरी कर्मचारीमा छनौट हुनुभएको छ ।
नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton), २०८१ मा उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८० बमोजिम अन्तर प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मा कार्यरत प्रहरी कर्मचारीहरू मध्येबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहरा उत्कृष्ट प्रहरी कर्मचारी छनौट हुनुभएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित “६९ औं प्रहरी दिवस २०८१” को अवसरपारी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको बाहुलिबाट बोहरालाई पुरस्कार प्रदान गरिएको थियो ।
उहाँ यसअगी जिल्ला प्रहरी कार्यलय तनहुँको प्रमुख हुनुहुन्थयो । जिप्रका तनहुँमा कार्यालयको जिम्मेवारी समालेदेखि नै जिल्लावासीले राहात महसुस गरेका थिए । लागुपदार्थ सेवन गर्ने, लागुपदार्थ ओसार पोसार तथा बेचबिखन गर्ने, लडाई झगडा गर्ने र जुवा तास खेल्ने, खेलाउने लगायतका अवैधानिक कार्यमा संलग्नलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएपछि जिल्लावासीले राहातको महशुस गरेका बताएका थिए । बोहरा सरुवा भएर सुर्खेत गएपनी जिल्लामा उहाँको गुनगान चल्न अझै छाडेको छैन ।