“ स्वाथ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ चौथो जिल्ला स्तरियकराते प्रतियोगिता आइताबार लमजुङको सुन्दरबजारमा सम्पन भएको छ। मस्र्याङ्दी कराते डोजोको आयोजनामा कार्यक्रम सम्पन भएको हो । नेपाल कराते महासंघ लमजुङका अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्मपन भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा मगर रहनुभएको थियो ।कार्यक्रमको विशिष्ठ अतिथि गोलोवल वोडिङ स्कुलका प्रध्यानध्यपक ,प्यब्सन लमजुङको अध्यक्ष मिन बहादुर धाले , उद्योग वाणिज्य संघ लमजुङ ईकाइ समिति सचिव लगाएले बोल्नुभएको थियो । उक्त प्रतियोगितामा १ सय ५० जना भन्दा बढी खेलडीको सहभागी भएका थिए । सो कार्यक्रम संञ्चालक सचिव विक्रम घलेले गर्नुभएको थियो ।