राष्ट्रिय बाल दिवसको अवसरमा नेशनल प्याब्सनद्वारा आयाेजित अन्तरबिधालय हाजिरीजवाफ प्रतियोगिता शुत्रबार सम्पन्न भएको छ ।
नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वसर खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्धाटन प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले यस प्याब्सनले आयोजना गरेको यस्ता कार्यक्रले बालबालिकाको शैक्षिक, मानसिक र सामाजिक ज्ञान बृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा नेश्नल प्याब्सनका केन्द्रिय उपाध्यक्ष तिलक चौवान , पुर्व केन्द्रिय सदस्य सन्त तामाङ, पुर्व केन्द्रिय सदस्य सहदेब अधिकारी , निबर्तमान अध्यक्ष राम कृष्ण बिक लगाएतले बोल्नुभएको थियो ।
तनहुँ तारापुञ्ज प्रथम
नेशनल प्याब्सनद्धारा आयोजित हाजिरिजवाफ प्रतियोगितामा तनहुँ तारापुञ्ज व्यास ५ ,प्रथम भएको छ । २३ टिम सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी सहि उत्तर दिई तारापुञ्जका विद्यार्थी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । त्यस्तै गरि न्यु मुनसन एकेडेमी व्यास १० द्वितीय र लडबुद्ध एकेडेमी व्यास १ तृतिय भएको नेशनल प्याब्सन तनहुँका अध्यक्ष बिश्वेसर खनालले जानकारी दिनुभयो । उहाले प्रथम , द्वितीय र तृतिय पुरस्कार क्रमस १० हजार र प्रमाणपत्र, ७ हजार ५ सय र प्रमाणपत्र, ५ हजार र प्रमाणपत्र रहेको बताउनुभयो ।
संस्थाका उपाध्याक्ष प्रकाश खड्काले कार्यक्रमा स्वागत मन्तव्य गर्नुभएको थियो भने कुईज मास्टर उपाध्यक्ष बिश्वेसर केसी रहनुभएको थियो । कार्यक्रमको संचालन सचिब ऋषिकेष के सी ले गर्नुभएको थियो ।