आर्थिक बर्ष ०८०÷०८१ को एक बर्षको अवधिमा तनहुँमा आठ हजार पन्चानब्बे पशुमा कृत्रिम गर्भधान गरिएको छ ।
गाईमा उन्नत जर्सी,होलिस्टेन,भैसीमा मूर्रा र बाख्रामा बोयर जातका उन्नत जातका पशुको बीज राखेर गर्भधान गरिएको हो ।
स्थानीय जातका गाई,भैसी र बाख्रामा उन्नत जातका नश्ल सुधार गरी उत्पादनमा बृद्वि गर्ने योजना रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।दुध र मासु उत्पादनमा सहयोग पु¥याउने मुख्य उद्वेश्यले कृत्रिम गर्भधान कार्यलाई प्राथामिकता दिदै आइएको केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा रहेका दश पालिकामा छ हजार दुई सय चार र भेटेरिनरी अस्पतालबाट एक हजार आठ सय एकानब्बे पशुमा गर्भधान गरिएको हो ।

पछिल्ला समय गाई र भैसीका लागि चाहिने बहर र रााँगा पाल्ने चलन हराउँदै गएपछि कृत्रिम गर्भधान प्रभावकारी बन्दै गएको केन्द्रका पशु प्राविधिक ठकुरीले जानकारी दिनुभयो ।भेटेरिनरी अस्पतालबाट एक बर्षको अवधिमा गाई एक हजार तीनसय ३९,भैसी पाँच सय ३७ र बाख्रा पन्ध्र वटामा गर्भधान गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार शुक्लागण्डकी नगरपालिकमा गाई नौ सय पाँच,भैसी आठ सय सत्चालिस र बाख्रा पैतालिस,बन्दीपुर गाउँपालिकामा गाई एक हजार दुई सय तीन,भैसी दुई सय ६० र आँबुखैरेनीमा गाई छ सय सात,भैसी पाँच सय दुई वटामा गर्भधान गरिएको छ ।त्यसैगरी भानु नगरपालिकमा गाई तीन सय छ,भैसी दुई सय ५१,भीमाद नगरपालिकामा गाई एक सय १५,भैसी दुई सय ९१,बाख्रा पैतालिस,म्याग्देमा गाई तीन सय सात,भैसी दुई सय चालिस, देवघाटमा गाई एकहत्तर,भैसी सत्तरी,व्यासमा गाई चौवालिस,भैसी एकचालिस र बाख्रा दुई र ऋषिङमा गाई तीन,भैसी एकसठ्ठी र बाख्रा छ वटामा गर्भधान गरिएको छ ।


जिल्लाका दश पालिकामध्ये घिरिङ गाउँपालिकामा भने कुनैपनि पशुमा कृत्रिम गर्भधान नभएको कार्यालयलेभेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा.राजेशकुमार चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार दुधमा जिल्ला आत्मनिर्भर भई बाह्य जिल्लामा समेत निर्यात गर्दै आएकाले मासुमा पनि आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप नश्ल सुधार कार्यक्रमलाई जोड दिइएको छ ।“पशुपालन किसानलाई प्रोत्साहन गर्न कार्यालय र स्थानीय तहले समेत उत्पादनमा आधारित दुग्ध किसानलाई अनुदान प्रदान गर्दै आएको छ ।” उहाँले भन्नुभयो अनुदान कार्यक्रमले किसानहरुमा हौसलाका साथै व्यवसायमा बृद्वि हुदै गएको छ ।पशुमा कृत्रिम गर्भधानका लागि पन्ध्र जना कृत्रिम गर्भधानकर्ता परिचालन गरी यस किसिमका सेवालाई निरन्तरता दिदै आएको सो कार्यालयले जनाएको छ ।