तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार स्थित तनहुँ जलविद्युत आयोजनामा काम गर्ने क्रममा मंङलबार एक मजदुरको मृत्यु भएको छ । मुत्यु हुनेमा बर्दिया जिल्ला बरबरीया नगरपालिका–१ घर भएका ३८ बर्षय रामकुमार थारु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीप हुमागाईले जनाकारी दिनुभयो । हुमागाईका अनुसार आयोजनाको प्याकेज–२ अन्र्तगत सिनोहाइड्रोमा काम गर्ने क्रममा लडेर सख्त घाइते भएका थारुको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको हो । सख्त घाइते थारुको दमौलीमा सामान्य उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

जीप दुर्घटना तीन जना घाइते

त्यसैगरी जिल्लाको घिरिङ गाउँपालिका–४ बुलिङटारमा बोलेरो जीप दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।
ग १ ज ७४१० नम्बरको जीप सडकमा पल्टिदाँ दुर्घटना भएको हो । घाइते तीन जनाको स्थानीय भीमाद अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।