हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान एंव बियुटिसियन बेशिक र डिप्लोमा तलिम आज सम्पन्न भएको छ । हेमा ब्युटी पार्लर तथा प्रशिक्षणा केन्द्रद्वारा आयोजित चार महिने तालिम कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष बैकुण्ठ मिश्र रहनुभएको थियो । सो अवसरमा बोल्दै मिश्रले ब्युटीसियन पेशाले भविष्य राम्रो हुने बताउनुभएको थियो ।उहाँका अनुसार यो पेशा महिलाहरूलाई उद्योमशिलताका साथै अत्मानिर्भर बनाउने गर्छ।


कार्यक्रममा तनहुँको पहिलो ब्युटीसियन सवित्र श्रेष्ठले मैले सिकाएको विद्यार्थीले आज ४ हजार भन्दा विद्यार्थी उत्पादन गरेको देख्दा खुसी महसुस भएको बताउनुभयो। उहाँले आफ्नो हातमा भएका सीप घरका नराखि व्यसायी गरे आम्दानी गर्न सकिने बताउनुभएको थियो ।कार्यक्रममा पत्रकार अन्जना तिमिल्सिनाले हातमा प्रमाण पत्र लिएर मात्र नहुने यसलाई व्यवहारमा पनि लागू गर्नुपर्ने बताउनुभएको थियो । सो तालिममा २०जना प्रशिक्षर्थीको सहभागी रहेको थियो ।तलिमा सहभागी प्रशिक्षर्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । वि स २०५५ सालमा स्थापना भएको पार्लरले हाल सम्म चार हजार भन्दा बढिलाई तालिम दिएको पार्लरकी संन्चालिका सकुन्तला आलेले बताउनुभयो । आलेका अनुसार आफुले तालिम दिएका प्रशिक्षर्थीहरूले देश विदेशमा रोजगार पाउनुका साथै आर्थिक रूपमा सक्षम भएको बताउनुभयो ।