व्यास नगरपालिका –१२ छिर्कने निवासी चित्र बहादुर कुवंरका ७ वर्षिय नाति अभिनव कुवंरको चितुवाको आक्रमणबाट र वडा नं ११ निवासी गंगा प्रसाद सुवेदीको सिङ्गुसको टोकाइबाट मृत्यू भएका व्यक्तिलाई व्यास नपाद्वारा राहत दिने भएको छ। मंगलबार व्यास नगर कार्यपालिकाको नियमित बैठक नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले मृतक दुई जनाको परिवारलाई जनही रु पचास हजारको दरले रु एक लाख दिने निर्णय गरेको हो । उक्त बैठकले गर्भवती महिला पोषण कार्यक्रम कार्यविधि, २०७९ र एकल महिला तथा पुरुष सहयोग कार्यक्रम सम्बन्धि कार्यविधि, २०७९ संशोधन गर्ने निर्णय गरेको व्यास सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिएका छन् । त्यस्तै बन्दीपुर गाँउपालिका वडा नं ३ र व्यास नगरपालिका वडा नं १२ को क्षेत्रमा हाल बाघको आवत जावत बढिरहेको र विगत २० दिनमा दुई जना बालकलाई मारे सकेको हुदाँ स्थानीय वडावासी÷नगरवासीलाई सजग रहन आग्रह समेत गरेको छ ।