कार्तिक १३, तनहुँ | क्लबको नाउमा पैसा उठाएको समचार झुटो भन्दै भैलो खेल्ने टोली तनहुँ तरङ्ग न्युजको कार्यलयमा रुदै आएका छन् । व्यास ४ को हरिओम टोलमा नव युवा क्लब र अदिकवि भानुभक्त क्याम्पसको नाम लिएर भैलो मार्फत पैसा संकलन गरेको समचार दमौलीको एक अनलाइन मिडियाले समचार प्रकाशित गरेसंगै भैलो खोल्ने टोली गलत समचार हालेको भन्दै समचार प्रति खेद व्यक्त गरेका छन् । घर परिवार र टोलका दाजुभाई दिदिबहिनी मिलेर चाडपर्बमा रमाइलो गर्ने उद्धेश्यले देउसी भैलो खेल्न गएको अबस्थामा बिना जानकारी फोटो खिचि मन लाग्दिले समचार हालेको भन्दै भैलो टोलीहरु रुदै आएका हुन् ।
जिम्मेबारी मिडियाले बिना प्रमाण, बिना जानकारी अनावश्यक समचार छाप्दिएको हुँदा समग्र मानिसको जिन्दगी नै समस्यामा पारेको बताएका छन् । सोहि समचारका कारण एक बिबाहित महिलाको सम्बन्ध बिछेद हुन लागेको समेत समुहका एक व्यातिmले बताएका छन् । समचारमा उल्लेख बमोजिन तनहुँ तरङ्ग न्युजको टिम सोहि स्थलमा पुगि स्थानियसंग बुझदा कुनै क्लब वा क्याम्पसको नाममा नलिई कत्तिके दान भनि भैलो खेलेको र दान मागेको पाइएको छ ।
रुदै मिडियामा भिडियो हेर्न तलको लिकं किलिक गर्नुहोस् https://www.youtube.com/watch?v=q4wMFf3f0LY
स्थानियको भनाइ र हेर्न तलको लिकं किलिक गर्नुहोस् https://www.youtube.com/watch?v=71vFAZkomC4