तनहुँ, गोरखा,घादिङ लगएत देशको विभिन्न ठाँउम भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा केन्द्रविन्दु रहेको पनि केन्द्रले जानकारी दिएको छ । तनहँुको दमौलीमा भूकम्पको धक्का थाहा पाउन साथ मानिसहरु घर बाहिर निस्केएका थिए ।