परियार सेवा समाज तनहुँले २९ औँ स्थापाना दिवस शुभकामना आदानप्रदान गरि मनाएको छ। परियार समुदायको एकताको सन्देश छर्ने उदेश्य सहित शनिबार जिल्लाको सदरमुकाम दमौली स्थित एकदेव आले भवनमा एक कार्यक्रम गरि स्थापना दिवस मनाएको हो। सो अबसरमा राष्ट्रिय सभा सदस्य पदम बहादुर परियार लाई समाजको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

समाजका अध्यक्ष गणेश गोतामेको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पदम परियारले आफू राष्ट्रिय सभा सदस्य बन्न दलित समुदायको अतुलनीय भुमिका रहेकोले धन्यवाद ब्यक्त गरेका थिए। उनले दलित समुदाय बाट देशको राजनितिक तथा सामाजिक संस्थाको नेत्तृत्व तहमा पुगेकाहरुले समुदायको मर्म बुझेर काम गर्नेमा बिश्वस्त रहनुपर्ने बताए। संगसंगै नयाँ पुस्तालाई नेत्तृत्वमा आउन समेत अपिल गरेका थिए, राजनितीक जुनसुकै पार्टिबाट लाग्नुस तर नेत्तृत्वमा पुग्न जोड दिनुस उनले भने, प्रतिनिधि सभा सदस्यहरु द्वय सन्तोष परियार र जीवन परियार जस्ता बौद्धिक नेता पाएकोमा गर्व गर्नु पर्ने बताए। मुख्यगरी हाम्रो परम्परागत पेशा सिलाई र पन्चेबाजामा भएको सीपलाई आधुनिकीकरण गरि सम्मानित बनाउन सबैको ध्यान केन्द्रित गराएका थिए।

आफू आवद्ध संस्थाका अपाङता भएका साथिहरुको लागि पीडा बिसाउने चौतारीको रुपमा एउटा हल बनाउन सफल भएको बताउदै परियार सेवा समाजको तनहुँ जिल्लामा एउटा भवन बनाउन आफुले सम्बन्धित निकायमा बिशेष पहल गर्ने प्रतिबद्धता गरे।

सो अबसरमा इकाई अन्तर्गतको भवन निर्माण सम्पन्न भएका बन्दिपुर -१ डुम्रे पिप्ले इकाई र ब्यास -१३ बेलबास इकाई लाइ जिल्ला समिती बाट ५ हजारका दरले सहयोग गरिएको थियो।
कार्यक्रममा ब्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियार, बन्दिपुर गाउँपालिका कार्यपालिका सदस्य मिनाराम परियार, समाजका पुर्व संयोजक राम बहादुर गुइदेल, टुहुरेपसल गुठिका अध्यक्ष अबिन परियार , नेपाल ट्रेड यूनियन कांग्रेसका जिल्ला सहसचिव तिर्थराज बर्देवा, भिमाद इकाई सचिब अन्जान परियार, डुम्रे पिप्ले सचिब सुमन छिनाल, लक्ष्मी परियार, टोप बहादुर परियार लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रम संचालन सचिब बुद्ध परियारले गरेका थिए भने उपाध्यक्ष लक्ष्मण परियार बाट स्वागत मन्तव्य राखी अतिथी तथा सहभागीलाई धन बहादुर परियारले धन्यवाद मन्तव्य राखेका थिए।