तनहुँको व्यास–१ तालघरेमा बिहीबार साँझ स्कुटरले ठक्कर दिदाँ मृत्यु भएकी पैदलयात्री महिलाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–१४ केशवटार निवासी ५५ बर्षकी लुतुरी सुनार रहेकी जिल्ला प्रहरी कार्यालयका तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जनाकारी दिए ।
शुक्रबार मृतककी भाउजु मिठुमाया सुनारले आएर मृतक महिलाको नामथर वतन खुलाएपछि सनाखत भएको रायले बताए । मृतकको महिलाको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ ।घाँसीकुवाबाट दमौलीतर्फ जाँदै गरेको हालसम्म नम्बर खुल्न नसकेको स्कुटरले ठक्कर दिदाँ घाइते महिलाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । फरार स्कुटर र चालकको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।