संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँले स्व रामलिला सुवर्णकारलाई मरणोपर्यन्त सहित जिल्लाका पाँच व्यक्तिलाई सोमबार सम्मान गरेको छ ।

१८ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुराएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

यसरी सम्मानित हुनेमा नेकपा एमाले केन्द्रीय सदस्य सविता रसाइली,स्व रामलिला सुवर्णकारलाई मरणोपर्यन्त समान सोरुप उनको श्रीमती र छोरा मनोज सुवर्णकार, भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे,खुमबहादुर बिक,राजु, र शहिद चन्द्र बहादुर सार्कीको परिवारलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधी साँसद जीवन परियार,नेकपा माओवादी केन्द्रका नेता एवं साँसद रणेन्द्र बराइली लगायतकाले दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका हुन् ।