तनहुँको आँबुखैरेनीबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ बेशिसहर नगरपालिका वडा नं २ बस्ने २५ बर्ष को शन्देश धिताल रहेको प्रहरीले जनाएको छ । युवाकले कम्मरमा लुकाई छिपाई ल्याएको टोर्निथाईजिन ४४ एम्पुल, नोर्फीन ४४ एम्पुल, डाईजोपाम ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो ।
बिरगंजबाट लम्जुङ बेशीसहर तर्फ जान आउदै गरेको ना ६ ख ९०९७ नं को बसलाई आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटारमा चेकजाँच गर्ने क्रममा युवकलाई पक्राउ गरेको हो । धिताललाई अनुसन्धानका लागि छ दिनको म्याद थप गरीएको तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए।