नेपालगंज, १४ असोज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कारबाट पत्रकार रामप्रसाद आचार्य सम्मानित भएका छन् । यसैगरी सिर्जनाशिल पत्रकारिता पुरस्कार निशु जोशीले प्राप्त गरेकी छन् । समाजसेवी माधवी शाहद्वारा वावुआमाको स्मृतिमा स्थापित तथा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेबाट संचालित उक्त पुरस्कारको राशि पाँच हजार एक सय ५१ रुपैयाँ र सम्मानपत्र रहेको छ । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, राष्ट्रिय उपाध्यक्ष निरज गौतम, अग्रज पत्रकार पूर्णलाल चुके र बाँके शाखा अध्यक्ष नमस्कार शाहले नेपालगंजमा आयोजित समारोहविच सम्मान पत्र, दोसल्ला र टिकासहित उनीहरुलाई सम्मान गरेका थिए ।