असोज १२
नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा डेक पुनमगर भारी मतले विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा चार प्रतिस्पर्धीहरुलाई भारी मतले पराजित गर्दै पुन मगरको नेतृत्वमा २५ सदस्य कार्यसमिति चयन भएको हो ।

अध्यक्षका उम्मेदवार प्रेम बुढामगर, बसन सारु मगर, चन्द्रबहादुर आलेमगर र राजिब थापा मगरलाई पराजित गर्दै गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा डेक पुन मगर विजयी भएका निर्वाचन मण्डलका सदस्य मानबहादुर थापामगर मनिषले जानकारी दिए ।

उतm समितिको बाह्र मगरात भाषिक उपाध्यक्षमा बुद्ध गर्जा मगर र महिला उपाध्यक्षमा स्मिता थापामगर निर्विरोध हुँदा, अठार मगरात भाषिक उपाध्यक्षमा अनुप बुढामगर र शुशिल थापामगरलाई पराजित गर्दै सागर घर्तिमगर निर्वाचित हुँदा सचिवमा महेश घर्तिमगरलाई पराजित गर्दै दिलिप रानामगर निर्वाचित भए ।

यसैगरी सहसचिवमा प्रेम बुढामगर ख र कोषाध्यक्षमा पर्वत श्रीसमगर निर्विरोध निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा कृष्ण बुढामगर, सुरेश रानामगर, सञ्जोक थापामगर, भरत अर्मजा मगर, मोहन बुढा मगर, योगेन्द्र थापामगर, विपना बुढामगर, यम पुनमगर र अस्मिता थापा मगर चनिए भने बाँकी १० सदस्य नवनिर्वाचित समितिले मनोनित गर्नेछ ।