दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका ८ मा शुक्रबारदेखि सुरु भएको दलित समुदाय लक्षित कानुनी सचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । जातीय रुपमा हुने विभेद र महिला माथि हुने हिंसा लगायतका विषयमा केन्द्रित रहेर अधिवक्ता शिव सुनारले सहजीकरण गरेका थिए । विश्वकर्मा समाज शुक्लागण्डकी ८ को आयोजना भएको कार्यक्रममा वडामा रहेको दलित समुदायका महिला पुरुषहरुको उल्लेख सहभागिता रहेको थियो । कार्यक्रम समापनका क्रममा वडाध्यक्ष नारायण सिं थापाले मानवीय विकासका लागि वडाका योजना केन्द्रित रहेको जानकारी दिए । सामाजिक रुपमा हुने कुरितीहरुको अन्त्य गर्न नागरिकहरु सचेत हुनुपर्ने आवश्यकता रहेको भन्दै आफु अन्याय, बिभेद, र गल्तीको विपक्षमा सधै अडिग रहेको दावि गरे ।
कार्यक्रममा हाम्रो दलित समाजमा शुक्लागण्डकीका संयोजक भरत लामगादे, अधिवक्ता शिव सुनार, पत्रकार अशोक विश्वकर्मा लगायतले जातीय रुपमा हुने विभेद कम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले राज्यले प्रदान गरेको सेवा सुविधामाथि गलत ब्याख्या गरेर दलितसमुदायलाई थप अपमान गर्न जोखिएको गुनासो गरेका थिए । समाजका अध्यक्ष गणेश लामगादेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडाका कर्मचारी ईन्द्रप्रसाद पौडेलले गरेका थिए