जेसिआई व्यास नगरले दृष्टिविहीन सहितका बालबालिकासँग होलि पर्व मनाएको छ । व्यास–४ बागभञ्याङ्ग स्थित वेदव्यास प्राथमिक विद्यालयमा अध्ययनरत् बालबालिकासँग होली खेलेर खुशीयाली साटासाट गरेको हो ।
संस्थाका अध्यक्ष सहित पदाधिकारीहरु विद्यालयमै पुगेर आवासीय रुपमा विद्यालयमै बस्दै आएका बालबालिकाहरुसँग होली खेलेको अध्यक्ष नविन पुरीले जानकारी दिए ।होली एक आपसमा सद्भाव र खुशीयाली साटासाट गर्ने पर्व भएकाले बालबालिकाहरूको खुशीका लागि संस्थाले विद्यालयमा होली मनाउने निर्णय गरेको पुरीले बताए ।
सोही अवसरमा संस्थाले बालबालिकालाई शैक्षिक, खेलकुद तथा खाद्यान्न सामग्री पनि सहयोग गरेको थियो । विद्यार्थीको आवश्यकता अनुसारका सामग्री सहयोग गरिएको हो । संस्थाले बिगतमा पनि सहयोग गरेको बताउदै विद्यालयकी प्रअ सिता वाग्लेले आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन् ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष माधव न्यौपाने, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उर्मिला आचार्यले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत सामुदायिक बिकास क्षेत्रका उपाध्यक्ष दुतबहादुर थापाले, कार्यक्रम सञ्चालन शाखा सम्पादक विनोद गोशेली र जेसिस आस्था र राष्ट्रिय गानको अगुवाई सुरजकुमार गुप्ताले गरेका थिए ।
कार्यक्रममा पुर्व अध्यक्षहरु रमेश गिरी, कृष्ण सुनार लगायत सदस्य तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो ।