तनहुँको देवघाट गाउँपालिका वडा न२ दराईटारमा चितामा आगो लगाउने क्रममा जली दूई जना घाईते भएका छन् । घाईते हुनेमा देवघाट गाउँपालिका वडा नं। २ डिगाँउ बस्ने ५२ बर्षय नर बहादुर चितौरे र सोही ठाँउ निवासी २७ बर्ष लक्ष्मण सारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । देवघाट गाउँपालिका २ दराईटार बस्ने ७४ बर्षय रन बहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्परा अनुसार दोमासे परेको भनि जरमटार स्थित कालीगण्डकी नदी किनारमा कुशको लाश समेत बनाई कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा अचानक आगो लाग्न गई घाईते भएको खाँणले बताउनुभयो । निजहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।