व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा आयोजना गरेको आज सातौं अल्ट्रा म्याराथनको उपाधी त्रिभुवन आर्मी क्लबका जुनेस खड्काले जितेका छन्।व्यास नगरपालिका–५ मानुङ देखि पुलिमराङसम्मको ४४ किमि दूरी तीन घण्टा १८ सेकेन्डमा पार गर्दै गुरुङले उपाधी जितेका हुन् । प्रतियोगितामा बैतडीका मोहन देव जोशी द्वितीय भएका छन् । जोशीले तीन घण्टा दुई मिनेट ३३ सेकेन्डमा पार गरेका छन् । यस्तै काठमाडौंका कारण रावल तृतीय भएका छन् । उनले तीन घण्टा १० मिनेट ३३ सेकेन्डमा पार गरेका छन् ।म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार  नगद प्रदान गरिने व्यास नगरपालिकाले जनाएको छ । प्रतियोगितामा २ जना विदेशी नागरिक सहित १ सय १२ जना धावकको सहभागिता रहेको थियो ।