तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार एकाइको सचिवमा अन्जु दाहाल मनाेनित हुनुभएको छ । इकाईकाे २८ औ बाषिर्क साधारण सभा एवं १२ औ अधिबेशन बाट निर्वाचित सभापति सुकनारायण मल्लकाे सभापतित्वमा आइतबार बसेकाे पहिलो बैठकले दाहाललाई सचिवमा मनाेनित गर्ने निर्णय गरेको हाे । सनिवार सभापतिकाे सपथ खाएका मल्लले इकाईका सदस्यहरूलाइ सपथ खुवाएपछि आइतबार पहिलो बैठक बसेकाे थियो ।
सक्षम र काम गर्ने इच्छाशक्ति भएको हुँदा दाहाललाई मनाेनित गरेको सभापति मल्लले बताउनुभयाे। दाहाल लायन्स क्लबका पुर्ब अध्यक्ष , गण्डकी वाङ्गमय प्रतिस्ठानकि उपाध्यक्ष,
महिला सशक्तिकरण सञ्चार समाज तनहुँ को सचिव ,
तथा बेद ब्यास जेष्ठ नागरिक आश्रमकि सदस्य लगायतका थुप्रै संघसंस्थामा काम गरेकि सफल व्यवसायी हुन् । महिला पदाधिकारीमा ल्याएपछि सभापति मल्लकाे चाैतर्फि प्रशंसा भएको छ । यस्तै बैठकले अशोक शाह र शुर्य रसाइली लाई सदस्यमा मनाेनित गरेको छ ।