मिजार समाज सेवा समुह दमौलीको अध्यक्षमा बाबुराम नेपाली सर्वसम्वत चयन भएका छन् । समाजको शनिबार सम्पन्न चौथो अधिवेशनले नेपालीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा रेनु नेपाली,सचिवमा एस।बि।नेपाली सहसचिवमा रबि धमेल र कोषाध्यक्षमा प्रेम मौरती चयन भएका छन् । समाजको सदस्यमा मिन मजकोटी,रुपा रम्तेल,बिरु बस्याल,जीतबहादुर अच्छामी चयन भएका छन् । त्यसैगरी समाजको सुचकमा साजन मग्राती र भक्त बहादुर अच्छामीलाई चयन गरिएको छ । पुजारीमा समाजका जेष्ठ नागरिक चित्रबहादुर बस्याललाई चयन गरेको सो समाजले जनाएको छ । समाजका अध्यक्ष अमृत बहादुर नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष रामबहादुर गोतामेले आयव्यय प्रस्तुत गरेका थिए ।