तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी दुर्घटनामा १ को मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रे तर्फआउँदै गरेको ग १ क ५०१२ नं को मिनि ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र।३–०२–००९ प ८५३० नं को मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं ३ बस्ने २६ बर्ष सफल राना मगर उपचारको कममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयतनहुँ प्रहरी नायव उपरीक्षक मोहन खाँणले जनाकारी दिनुभयो । उक्त सवारी मिनी ट्रक चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको छ ।