यातायात व्यवस्था कार्यालय बन्दिपुर ४ बिमलनगर तनहुँबाट
अर्काको नाममा लाईसेन्स परिक्षा दिने नक्कली परीक्षार्थी पुर्ण थापा मगर पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका वडा नं.४ बस्ने ३५ बर्षिय पुर्ण थापा मगरलाई यातायात व्यवस्था कार्यालयमा सञ्चालित बर्ग ए मोटरसाईकलको प्रयोगात्मक परिक्षा ट्रायलमा उपस्थित भएका भेटपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जनाकारी दिनुभयाे । पुर्णले भानु नगरपालिका वडा नं. ४ कै सुरेश थापा मगरको नाममा किर्ते सही छाप गरी प्रयोगात्मक परिक्षामा सहभागी भएको अवस्थामा फेला परेको हुँदा पुर्ण थापा मगरलाई पक्राउ गरिएको खाँणले बताउनुभयो । पुर्णलाई उपर किर्ते सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
