तनहुँको देवघाट गाउँपालिका– ५ स्थित देवघाट धर्मार्थ अस्पताल परिसरमा नेपाल प्रहरी श्रीमती संघले देवघाटमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण गरिएको छ । मंगलबार चितवन मेडिकल कलेजको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी अध्यक्ष कमला खनालको सभापतित्वमा कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले कार्यक्रमको उद्घाटन गरेकी थिईन् । शिविरमा चितवन मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुद्वारा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दाँत, स्त्री रोग, ईसिजि, युएसजि, हार्डजोर्नी र थेरापी सम्बन्धी सेवा प्रदान गरिएको थियो । शिविरमा ४९० लाभान्वित भएका थिए । कार्यक्रममा देवघाट गाउँपालिका–५ स्थित रहेका देवघाट समाजकल्याण केन्द्र बृद्दा आश्रम,गलेश्वर आश्रम, हरिहर आश्रम र महेश आश्रममा अवस्थित १९० जना जेष्ठ नागरिलाई न्यानो कपडा वितरण गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालयका प्रमुख अवदेश विष्ट, देवघाट गाउपालिकाका स्थानीय जनप्रतिनिधीहरु विभिन्न संघ सस्थाका प्रतिनिधी सहभागीता रहेको थियो ।