तनहुँको बन्दीपुर गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, होटल लगायत अनुगमन गरेको छ। बिहिबार गाउँपालिकाका अनुगमन समितिका संयोजक पञ्चमायाँ गुरुङको नेतृत्वमा गाउँपालिका वडा न १ स्थित डुम्रेबजारमा अनुगमन गरेको हो । ब्यवसायीहरुले अखाद्य बस्तुहरु बिक्रि गरेको, आवश्यक प्रक्रिया नै पूरा नगरी व्यवसाय सञ्चालन गरेको, मूल्यसूची नराखेको, नविकरण नगरको पाइएकाले तत्काल सच्याउन आवश्यक निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङले बताउनुभयो । गुरुङका अनुसार अनुगमनका क्रममा म्ठिाइ मसला जुस लगायतका केही सामग्री अखाद्य, म्याद गुज्रिएका भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताइन्। अनुगनलाई अझै प्राथमिकताका साथ अगाडि बढाउने छ । सर्वसाधारणको गुनासो आएपछि वडा नम्बर १ मा रहेका विभिन्न २७ वटा मिठाइ पसल किराना पसल लगायतमा अनुगमनका गरिएको थियो । उक्त बजार अनुगमनमा वडा नं। १ र ४ का जनप्तिनिधि, राजश्व प्रमुख दिनेश पौडेल उद्योग बाणिज्य संघ डुम्रेबजार इकाइका अध्यक्ष हेमलाल वि के। प्रहरी चौकी डुम्रेका प्रहरीको समेत उपस्थिति रहेको थियो ।