महिला उद्यमी संघ नेपाल तनहुँकाे तेस्रो वाषिर्क साधारण सभा मंगलबार सम्पन्न भएकाे छ । संघकाे अध्यक्ष निर्मला मल्लकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि व्यास नगरपालिका उप प्रमुख इन्दिरा दरै रहनुभयाे थियाे ।दरैले उद्यमी व्यवसायी महिलाहरूकाे हित ,रक्षा र अधिकार संरक्षण गर्न नगरपालिका सधै साथमा रहेकाे बताउनु भएकाे थियाे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले संघकाे अझै प्रगतिकाे शुभकामना दिनुभएकाे थियाे ।कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पुव अध्यक्ष मानकाजी श्रेष्ठले जिल्लामा छरिएर रहेका महिला दिदीबहिनीहरूकाे याेग्यता र क्षमता पहिल्याई सीप र ज्ञानकाे प्रयाेग गरि व्यवसायीबाट आथिर्क उपार्जन गरि राष्ट्रकाे अर्थतन्त्र टेवा पुरयाउने उदेश्यले संस्था स्थापना गरेकाे बताउनु भयाे । कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ महिलाहरूले नेतृत्व गरेकाे संस्थालाई सधै साथ र सहयोग गर्नुपर्ने बताउनुभएकाे थियाे । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति तनहुँका अध्यक्ष शकुन्तला आले, महिला उद्यमी संघ नेपाल तनहुँ दमौली बजार इकाइका सभापति पवित्रा खनाल ,महिला उद्यमी संघ नेपाल तनहुँकाे सल्लाहकार राधिका परियार ,सेतो गुराँस बालविकास संस्थाकी अध्यक्ष सुशिला शर्मा लगाएतले महिलाहरूले सिकेका सीप प्रविधिबाट पनि प्रबन्धन गर्न सक्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

कार्यक्रममा व्यास ३का वडा अध्यक्ष अनुप राना, व्यास ५ का अध्यक्ष विष्णु कुमार श्रेष्ठ ,विभिन्न वडाका प्रतिनिधि, संघसंस्थाका महिला प्रतिनिधि ,पत्रकार लगाएतकाे उपस्थित रहेकाे थियाे । उक्त कार्यक्रममा महासचिव सरू श्रेष्ठले सचिवकाे प्रतिवेदन र आशा बानियाँले काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।