तनहुँको भिमाद नगरपालिका वडा नं ५ मिर्छुलुङ आमडाँडामा रुखबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मुत्यु हुनेमा ६५ वर्षय मनहर्ष राना रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । राना आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडी घाईते भएकोले तत्काल उपचारको लागी भिमाद स्वास्थ्य चौकी तनहुँमा ल्याई उपचार गराउने क्रममा निजको बुधबार मुत्यु भएको खाँणले बताउनुभयो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ