नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश ,घरेलु तथा हस्तकला उप–समितिको सदस्य पदमा सकुन्तला आले मनोनित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश ,घरेलु तथा हस्तकला उप–समितिका सभापति सिता सुवेदीको सभातित्वमा आलेलाई मनोनित गराईएको हो । व्यास २ निवासी आले तनहुँ सौन्दर्य व्यावसायी संघ दमौलीको सस्थापक अध्यक्ष , वेद व्यास ज्येष्ठ नागारिक आश्रममा उपाध्यक्ष, तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको सभापति जस्ता विभिन्न संस्थामा रहेर काम गर्नुभएको आले समाजिक कार्यमा पनि निकै अग्रसर रहनुभएको छ ।
