तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा तनहँु जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीेलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा बौल्दै संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले प्रमुख जिल्ला अधिकारी गौतमको सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडी बढ्दा प्रशासनलाई धैरै सहज हुने कुरा समेत ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष एवं सल्लाहकार वृषराज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष एवं सल्लाहकार देवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका निवर्तमा सदस्य एवं संघका पूर्व अध्यक्ष एवं सल्लाहकार मंगलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष एवं सल्लाहकार श्री मोहनकुमार बि.क., प्रथम उपाध्यक्ष श्री ईमकुमार मल्ल, द्धितिय उपाध्यक्ष श्री कुमार मल्ल, महासचिव सुबोध अधिकारी, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला उद्यमि विकास समिति सभापति शकुन्तला आले, निवर्तमान सभापति राधिका परियार दमौली बजार इकाई समितिका निवर्तमान सभापति राजकुमार श्रेष्ठ(राकु) लगायत विभिन्न बजार इकाईका सभापतिहरु, कार्यसमिति सदस्यहरु, आमन्त्रित सदस्यहरु, महिला उद्यमि विकास समितिका पदाधिकारी समेतको उपस्थिति रहेको थियो । संघका प्रथम उपाध्यक्ष श्री ईमकुमार मल्लले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन संघका महासचिव सुवोध अधिकारीले सञ्चालन गरेका थिए ।