एक साता अघि मात्र सरुवा भई आउनुभएका तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले राष्ट्रिय गौरवका आयोजनामा ढिला हुन नदिन आफ्नो तहबाट हरपल प्रयास गर्ने बताउनुभएको छ । विहिबार पत्रकार भेटघाट कार्यक्रमा बाेल्दै गौतमले साे कुरा बताउनुभएको हो । तनहुँमा राष्ट्रिय गाैरवका योजनाका कामहरु ढिलाइका कारण आम नगारिकले धुलो र हिलो भोग्नु परेकाले त्यस बिषयमा सरोकारवालासँग कुरा राख्ने र छिटो काम सम्पन्न गर्न आफ्नो तहबाट हरपल प्रयास गर्ने बताउनुभयो । गौतमले तनहुँमा भएका विभिन्न समस्य जस्तै ग्रामीण भेगका सडकहरूकाे चर्कोभाडा दर , बजार अनुगमनमा तिव्रता , शान्ति सुरक्षा व्यस्थापन ,लागुऔषध नियन्त्रण लगाएतका बिषयमा पत्रकारसँग छलफल गर्नुभएको थियो । गौतम उदयपुर जिल्लाकाे प्रमुख जिल्ला अधिकारीबाट सरूवा भई तनहुँ आउनुभएकाे हाे ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डरी ,राष्ट्रिय अनुसन्धान तनहुँका अनुसन्धान निदेशक सुरेश तिवारी , जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख अवदेश विष्ट , नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल , नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रेस सेन्टर तनहुँका अध्यक्ष एसपि नेपाली , स्वतन्त्र पत्रकार महासंघ तनहुँका अध्यक्ष सुरेश सुनार लगातएत अन्य पत्रकारको उपस्थित रहेको थियो ।