तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं ४ पावर हावस स्थित पृथ्वी राजमार्ग सडकमा आज जिप दुर्घटना हुदा चालक सहित ५ यात्रु घाइते भएका छन् । आबुखैरेनीबाट मुग्लीङ जादै गरेको बा १७ च ७९६० नंको बोलेरो जीप सडकबाट १५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक सहित जीपमा सवार यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । जीप चालक जिल्ला कैलाली धनगढी नगरपालिका वडा नं ४ बस्ने २७ वर्षय दयाराम राना ,सुर्खेत बिरेन्द्र नगरपालिका वडा नं ६ बस्ने २८ वर्षय थानेश्वर भट्टराई ,२८ वर्षय निबस खत्री ,दार्चुला महाकाली नगरपालिका वडा नं ५ बस्ने २४ वर्षय राकेश भट्टको आबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको खाँणले बताउनुभयो ।कैलाली गोदाबारी न पा ३ बस्ने ३० वर्षय खगेन्द्रराज पनेरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेका छ । घटनाको थप अनुसन्धन भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
