तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ट्राफिक पोष्ट स्थित पृथ्वी राजमार्ग सडकबाट लागू औषध सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला झापा कनकाई नगरपालिका वडा न ३ बस्ने ३३ बर्षय अनिरुद्र मिश्र रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । काकड्भित्ताबाट पोखरा तर्फ जान आउदै गरेको ग २ ख १३९८ नं।को यात्रु बाहक बस रोकी चेकजाँच गर्ने क्रममा मिश्रले लुकाई लिएको तौल गर्दा २४.५७० ग्राम भएको (खैरो हिरोईन जस्तो देखिने) ब्राउन सुगर फेला पारी बरामद भएको खाँणले बताउनुभयो । मिश्रलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट आज सात दिनको म्याद गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।