तनहुँको आँबुखैरेनी गाउँपालिका वडा न ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा अबैध लागू औषध सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका वडा नं ३ बस्ने वर्ष ३६ को कृष्ण बहादुर लोप्चन रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो ।सिन्धुलीबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ६३४१ नं को बस रोकी चेकजाँच गर्ने क्रममा कृष्णले लुकाई ल्याएको अबैध लागु औषध डेजापाम लेखेको सिसी ६५ एम्पुल,पेरागन लेखेको सिसी ६५ एम्पुल र नोफिन लेखेको सिसी ६५ एम्पुल गरी जम्मा १९५ एम्पुल लागु औषध फेला पारेको खाँणले बताउनुभयो । निजलाई सात दिनको म्याद गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
