११ वर्षकि बालिकालाई बाल यौन दुरुपयोग गरेको कसुरमा बन्दिपुर १ का २८ वर्षका एक पुरूष पक्राउ परेका छन् । मंसिर २४ गते रातको समयमा वर्ष ११ की बालिकालाई आफ्नै घर कोठामा रहेको अवस्थामा बन्दिपुर गाउँपालिका वडा नं। १ बस्ने वर्ष २८ को पुरुष व्यक्तिले बाल यौन दुरुपयोग गरेको कसुरमा पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरूषलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनी बाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।
