उद्यमशील सहकारीको अध्यक्षमा र सचिव पुन देहोरिएका छन । तनहुँ जिल्ला व्यास नगरपालिका–२ मा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट संस्थाको अध्यक्षमा पुन इन्द्रलाल ९बिकल्प० श्रेष्ठ चयन भएका छन् ।

अध्यक्ष पदका लागि इन्द्रलाल श्रेष्ठ र लेखा समिति संयोजक अमर थापा आकाक्षी रहेका थिए । छलफलबाट सहमति जुरेपछि पुन ः पदाधिकारीहरु दोहोरिदै श्रेष्ठ चयन भएका हुन् । संस्थाको उपाध्यक्षमा रामचन्द्र भट्ट,सचिवमा पूर्ण बिके,कोषाध्यक्षमा भीमसिं ठकुरी चयन भएका छन् ।

त्यसैगरी संस्थाको कार्यसमिति सदस्यमा राजेन मिया,अग्निधर खनाल,राधिका लम्साल,आसकाजी श्रेष्ठ लगायतका चयन भएका छन् भने लेखा समिति संयोजकमा अमर थापा चयन भएका छन् । सदस्यमा याम बतास र पुष्प श्रेष्ठ चयन भएका छन् ।

उक्त अधिवेशनको गण्डकी प्रदेशका साँसद अशोक कुमार श्रेष्ठले फोनपे मार्फत उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै साँसद श्रेष्ठले सहकारी संस्था अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बताए । सहकारीको मूल्य र मान्यता अनुरुप चल्न नसक्दा केही सहकारी संस्थामा बिकृति आएकाले सहकारी संचालकहरु सजग बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ,व्यास–३ का वडाध्यक्ष अनुप राना,जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदीपराज अधिकारी,तनहुँ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवीबहादुर बस्नेत,नेपाल बचत तथा ऋण सहकारी संस्था दुलेगौडा शाखाका प्रवन्धक दीपक आचार्य,एशियन सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ,उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका कानुनी सल्लाहकार ऋषिराम पोख्रेल,नेपाल उद्यमशील महिला संघकी अध्यक्ष निर्मला मल्ल लगायतका वक्ताहरुले सहकारी संस्थाका बारेमा आआफ्ना धारणा राखेका थिए ।

उक्त कार्यक्रममा उद्यमशील बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामचन्द्र भट्टले स्वागत तथा सचिव पूर्ण बिके र शेयर सदस्य अन्जु दाहालले कार्यक्रम संचालन गरेका थिए ।