योग्सना डिजिटल प्रा लि सँगको सहकार्यमा श्याम सेन्चुरी र बिकास जि एम को प्रस्तुतिमा तनहुँका सर्जक मोहन बि क द्वारा सँगीत सृजना गरिएको गीति एल्बम भाग्य रेखा बजारमा आएको छ। गीतमा गणेश अधिकारी, मोहन वि क र कमला पाखरेल को स्वर रहेको छ । श्याम र बिकास स्वयमले लेखेका उक्त गीतमा बिनोद बाजुरालीको एरेन्ज तथा खडक बाजुरालीको मिक्सीङ रहेको छ । यस गीतका संगीतकार एवम् संर्जक मोहन बि क नेपाली साँगीतिक फाँटमा त्यति अपरिचित र पुरानो नाम भने होईन ।

तनहुँ जिल्ला व्यास न पा वार्ड नं ११ निवासी उनै मोहनले मारेउ मलाई आफू बाँचेर, फलाम गल्यो समाज गलेन, गाजलु, जाले रुमाल, जिन्दगी को कुनै मोडमा, नालायक, अभाब, सास्ती, कात्रो, रुन्छ मन यो लगायतका एल्बम बजारमा ल्याई सकेका छन् । यी एल्बका गीतहरुमा शब्द भर्ने, सँगीत सृजना गर्ने, तथा कुनै न कुनै हिसाबले संलग्न भएका उनै मोहनद्वारा सँगीत सृजना गरिएको पछिल्लो गीत भाग्य रेखा बजारमा आएसँगै दर्शकबाट पनि राम्रो प्रतिक्रिया मिलिरहेको छ । विभिन्न रमणीय र मनमोहक स्थानमा छायांकन गरिएको गीतको भिडियो पनि उत्तिकै राम्रो बनेको छ । गणेश अधिकारी, सुस्मिता गिरी र सविता पौडेललाई वियोगान्त मुद्रामा फिचर गरिएको छ । सुरेश श्रेष्ठले खिचेका भिडियोलाई शिव पौडेलले सम्पादन तथा गणेश अधिकारीले निर्देशन गरेका हुन । उक्त गीत ू योग्सना डिजिटल युवट्युव च्यानल मार्फत बजार सार्वजनिक गरिएको छ ।