दमौली १२ जेठ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गर्नुहुने भएको छ । वाग्लेले नेपाल प्रेस युनियन तनहुँको समन्वयनमा पत्रकार सम्मेलन गर्नु हुने भएको हो । पत्रकार सम्मेलन २ः३० बजे मटन तास घर दमौलीमा गर्ने निर्णय भएको प्रेस युनियन तनहुँको अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनुभयो । केन्द्रीय सदस्य वाग्लेलाई व्यास नगरपालिका वडा नम्बर ५ मा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्ने आरोपको खण्डन गर्न पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । केन्द्रीय सदस्य वाग्लेले बुधबार प्रेस विज्ञेप्ती प्रकाशित गरी सो आरोपको खण्डन गर्नु भएको थियो ।
निर्वाचनको विषयलाइ लिएर वार्ड न ५ को वार्ड समिति समिक्षा बैठकमा एकाएक कुनै अज्ञात ब्यक्ति र शक्तिको इसारामा के. स ध्रुव वाग्लेको नाम समेत पठाउनु भनी आदेश दिए बमोजिम, केही सिमित ब्यक्तिहरुको मिलिमतोमा मेरो नाम समेत समावेश गरिएको विषयप्रती मेरो गम्भीर ध्यान आकर्षण भएको वाग्ले उल्लेख गर्नु भएको छ । विज्ञप्ती केही नेपाली कांग्रेसका साथीहरुबाट निर्वाचनमा असहयोग भएको र त्यस्ता असहयोगी साथीहरुको हकमा आवश्यक अनुसन्धान गर्न सिफारिस गर्ने निर्णय भै सम्पुर्ण कार्य समितिका सदस्यहरु घर फर्किसकेपछि यहाँ सम्मकी बिजेता ४ जना वार्ड सदस्यहरु, पराजित वडाध्यक्ष र पार्टीको टोल संगठनका पदाधिकारी समेतलाई गुमराहमा राखी नाम समावेश गरेको बताईएको छ । ‘वहाँहरु स्वयंले विभिन्न माध्यम बाट प्रकट गर्नु भएको यसैबाट प्रमाणित हुन्छ कि यो निर्णय प्रतिशोध र बिद्वेसको आवेगमा गरिएको हो र यस्ता तथ्यहिन र प्रमाणरहित लान्छना खास गरेर पार्टीको आन्तरिक राजनीतिमा आफ्नो विपक्षमा रहेका साथीहरुको विरुद्ध प्रयोग भै रहेको कुरा सबैलाइ विदितै छ’ विज्ञेप्तीमा भनिएको छ ।
जहाँसम्म वार्ड न ५ को निर्वाचनमा पराजय र कम मत आएको विषय उठाइएको छ, त्यस्का पछाडी भीषण रुपमा उठेको जातीय मुद्दा, छेत्रगत प्रतिनिधित्व नभएको आक्रोश, गठबन्धनको सहयात्री दल माओवादी पार्टीको कांग्रेस बिरोधी उमेदवारका प्रती समर्थन हुनु र उम्मेदवारहरुको असन्तुलित चयन जस्ता विषय प्रमुख रुपमा रहेको वाग्लेले उल्लेख गर्नु भएको छ ।
व्यास न पा वार्ड न २÷३÷४ लगायत थुप्रै वार्डहरुमा आएको कम मतका पछाडी पनि यी र येस्तै अन्य कारक तत्वहरु प्रमुख छन् भन्ने विषयलाई गम्भीरतापुर्वक अध्ययन गर्नुको सट्टा एउटा निष्ठावान र पार्टीप्रती समर्पित ब्यक्तिको चरित्र हत्या गरि आगामी संसदीय निर्वाचन समेतलाई प्रभावित गर्ने गरि अँध्यारो कोठामा खेलिएको यो कपटपूर्ण खेलको म निन्दा गर्न चाहन्छु भनि विज्ञेप्त्ीमा उल्लेख गरिएको छ । पार्टीप्रती समर्पित सम्पुर्ण साथिहरुलाई यो दुस्प्रचारबाट सतर्क रहदै यस्तो निम्न कोटिको चालबाजी विरुद्ध प्रतिकार गर्न समेत अपिल वाग्लेले गर्नु भएको छ ।
व्यास न पा वार्ड न ५ का बिसौ टोल संगठनका मतदाता तथा सुभेछुकहरु मात्र होइन विपक्षी दलहरु समेतसंग तथ्यगत र निष्पक्ष सर्वेक्षण गरि कस्को के भुमिका रहयो भनी अनुसन्धान गर्न समेत म चुनौती दिन चहान्छु भनि केन्द्रीय सदस्य वाग्लेले विज्ञेप्तीमा भन्नु भएको छ । व्यक्तिगत कुंठा र प्रतिशोधको थलो पार्टीलाइ नबनाइ आगामी निर्वाचनमा समेत पार्टीलाई तोड्ने होईन जोड्ने अभियानका साथ योग्दान दिन सम्पुर्ण साथिहरुमा अपिल गर्दछु ’ वाग्लेले विज्ञेप्तीमा उल्लेख गर्नु भएको छ ।