तनहुँ व्यास नगरपालिका वडा नं १ गल्बुबेसी स्थितमा एक जना व्यक्तीले नक्कली रुपैयाको कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले बुधबार दुई व्यक्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला नवलपरासी बर्दघाट सुस्ता पुर्व बुलिङ्टार गाउँपालिका वडा नं १ थामबेशी ठिमुरेटोल स्थायी घर भएका २० बर्षय बिनोद रामदाम भनि चिनिने बिशाल बि क र सोही नवासी ३० बर्ष गम बहादुर गरन्जा मगरलाई तनहुँ बन्दिपुर गाउँपालिका वडा नं १ डुम्रे बजारबाट पक्राउ परेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । बिशालको साथबाट नक्कली जस्तो देखिने नेपाली रु एक हजार रुपैया थान फेला परेको र मगरको साथबाट नक्कली जस्तो देखिने नेपाली रु एक हजार रुपैया थान १७५ गरी जम्मा १७६ थान नोट फेला परेको खाँणले बताउनु भयो । निजहरुलाई तनहुँ जिल्ला अदालतबाट मुद्रा सम्बन्धी कसुरमा दिन पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
