बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत कम्प्युटर माध्यमबाट किर्ते गरी सक्कली सरह बनाउने तनहुँका २७ बर्षीय रुद्र गदाललाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–७ घरभई हाल व्यास नगरपालिका–२ कालिकामार्ग स्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टरबाट प्रहरीले पक्राउ गरेको हो । कीर्ते प्रयोगमा गरी ल्याउने गरेका सरकारी छाप र दस्तखत किर्ते मुद्दामा अनुसन्धानको क्रममा खुल्न आएपछि निजलाई पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । गदाललाई आफ्नै पसलमा फेला पारी कम्प्युटर सहित पक्राउ गरी सरकारी छाप र दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।