अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको आरोपमा दमौलीका दुई मेडिकल सन्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँ, ब्यास नगरपालिका, स्वास्थ्य कार्यालय तनहुँ, दमौली अस्पताल, उद्योग बाणिज्य संघ तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ र सन्चारकर्मी सहितको अनुगमन टोलीले अनुगमन गर्दा अधिकार क्षेत्र भन्दा बाहिर गई विरामी उपचार गरेको पाईएपछि प्रजुन थापा मेडिकल हल संचालक र मित्रता स्वास्थ्यक्लिनिक संचालकलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । पक्राउ परेकाहरुलार्इ ईलाज सम्बन्धि कसुरमा तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ।