तनहुँ भिमाद नगरपालिका वडा नं९ सखेपमा ठगी गर्ने १ ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानुमति साना किसान कृषि सहकारी संस्था लि।का प्रबन्धक जिल्ला तनहुँ भिमाद नगरपालिका वडा नं।९ कटनछाप बस्ने ५२ बर्षय चुत्र बहादुर थापा रहेको प्रहरी नायक उपरिक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । थापाले बिभिन्न मितिमा संस्थाको सेयर रकम,बचत रकम र १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण ९कर्जा० जनाई,सो संस्थाको रकम रु दुई करोड उन्नसत्तरी लाख एकहत्तर हजार नौ सय छैसठ्ठी रुपैया अठासी पैसा हिनामिना गरेको भनि निजको बिरुद्धमा जाहेरी परेको खाँणले बताउनुभयो । निजलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।