स्थानीय तहको निर्वाचनमा कान्छीमाया तामाङ तनहुँको पहिलो वडाध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको भानु नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी ५३ वर्षीया तामाङ २०४ मतान्तरले विजयी भएकी हुन् । तामाङले ६७२ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गरे ।
वडा सदस्यामा पनि तामाङको प्यानल नै निर्वाचित भएको छ । खुला वडा सदस्यमा तुलबहादुर गुरुङ ७४४, विवेक श्रेष्ठ ७७६, खुला महिला सदस्यमा टकमाया गुरुङ ७६५ र दलित महिला सदस्यमा सावित्रि सुनारले ७५१ मत ल्याएर विजयी भएका छन् ।