तनहुँका सबै मतगणना स्थलमा सीसी क्यामरा जडान गर्न सुरु गरिएको छ । मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गरिने र सुरक्षाका लागि सीसी क्यामरा जडान गर्न सुरु गरिएको हो । व्यास नगरपालिकामा पर्ने सदरमुकाम दमौली स्थित मूख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा जडान गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । निर्देशन अनुसार धेरै निर्वाचन अधिकृतको कार्यालयमा जडान भइसकेको र केही कार्यालयमा जडान भइरहेको उहाँले बताउनुभयो । सबै कार्यालयले सीसी क्यामराजडान अनिर्वाय गर्नुपर्ने जानकारी समेत उहाँले दिनुभयो । केन्द्रीय निर्देशन अनुसार नै जिल्लाका स्थानीय तहलाई निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा जडान गर्न निर्देशन गरिएको प्रअिज अर्यालले जानकारी दिनुभयो । भ¥याङ, मत गणना गर्ने कोठामा सीसी क्यामरा जडान गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो । क्यामरा जडान गरिएपछि निर्वाचन अधिकृतको कार्यालय वा मतगणना स्थलमा थप सुरक्षित हुने अपेक्षा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा जडान भइसकेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।