जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं ३ बिसघरेबाट लागू औषध गाँजा सहित एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ ऋषिङ गाउँपालिका वडा नं३ सोलुङ स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं ३ बिसघरे देउरालीनगर बस्ने ३६ बर्ष नबिन कुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । थापालाई उनको घरकोठाबाट नियन्त्रणमा लिई तलासी लिदा घरकोठाबाट जम्मा ५ किलो ८९० ग्राम लागु औषध गाँजा फेला पारी बरामद भएको खाँणले कताउनुभयो । थापालाई आईताबार पक्राउ गरि छ दिनको म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


त्यस्तै तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ४ डम्पिङ साईड स्थित पृथ्वी राजमार्ग सडक खण्डमा पैदल हिडिरहेका दुई पुरुष लागू औषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं ३ बस्ने ३३ बर्ष सुरेन्द्र चुमान र गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं १४ याङ्कोट बस्ने ३० बर्ष जिवराज सेडाई रहेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । सुरेन्द्र चुमानले बोकेको फेन्सी झोला भित्र लागु औषध Diazepam को सिसि थान १४, Noophin को सिसि थान १३ र Phenergan को सिसि थान १४ गरी जम्मा ४१ थान एम्पुल लागु औषध फेला पारी बरामद भएको खाँणले बताउनुभयो । दुबै जनालाई पक्राउ गरी आईतबार तनहुँ जिल्ला अदालतबाट दिन ८ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।