तनहुँको देवघाट गाउँपालिका वडा नं ५ स्थित बेणि संगम त्रिशुली नदी र कालीगण्डकी नदीको संगमस्थलमा नुहाउने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्ला दाङ तुल्सीपुर नगरपालिका वडा नं १२ बस्ने ३२ बर्षय लोकेन्द्र भुसाल सोही नदीले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । निजको खोजतलास भईरहेको, हालसम्म फेला नपरेको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
